माओवादीको केन्द्रीय समिति बैठक बस्दै

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बिहीबार)बस्ने भएको छ ।

बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुने छ ।

साथै फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुने पनि उनले जानकारी दिए ।

Logo