काठमाडौं । नेकपा (एमाले)ले हालैका घटनाक्रममा पार्टी कार्यालयहरू तथा नेताहरूको निजी सम्पत्तिमा पुगेको क्षतिको प्रारम्भिक विवरणको समीक्षा गरेको छ ।
पार्टीका महासचिव शंकर पोखरेलका अनुसार, देशभरिका ६४ वटा पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । त्यस्तै, १५८ भन्दा बढी पार्टीका नेता तथा कार्यकर्ताहरूका निजी घर र व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको महासचिव पोखरेलले जनाएका छन् ।
आन्दोलनको नाममा भएको रहस्यमय आगजनी र तोडफोडको घटनालाई गम्भीर रूपमा लिएको र आफ्ना क्षतिग्रस्त कार्यालयहरूको सरसफाइ तथा मर्मत–सम्भार पार्टी कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ क्षतिको सरसफाई तथा मर्मतमा जुटेर पुरानै लयमा चाँडै फर्किने उनकाे भनाइ छ ।
उनले राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको पार्टीले यस्ता गतिविधिहरूको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै शान्तिपूर्ण तर निर्णायक राजनीतिक प्रतिकारका लागि सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध हुन आह्वान समेत गरेका छन् ।































प्रतिक्रिया