काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने भएको छ ।
हिजो बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै आयोगले कात्तिक ३० गतेसम्म नामावली संकलन गर्ने निर्यण गरेको हो ।
आज बसेको आयोगको बैठकबाट कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरिएको हो । आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने आयोगले जानकारी दिएको छ । योसँगै अब मतदान गर्न योग्य युवा र यसअघि छुटेका सबैले नामावलीमा नाम दर्ता गराउन पाउनेछन् ।





























प्रतिक्रिया