काठमाडौं । जेनजी समूहले अक्टोबर ८ र ९ मा आफूहरु आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको प्रस्ट पारेको छ ।
आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट शीर्ष नेताहरुलाई पक्रन माग गर्दैै जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका जेनजी प्रतिनिधिहरुले बुधबार र बिहीबार कुनै कार्यक्रम नरहेको बताएका हुन् ।
अहिले सडकमा उत्रिनुभन्दा सरकार र प्रहरी प्रशासन लगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउनपर्ने उनीहरुको भनाइ छ ।































प्रतिक्रिया