नयाँ चुनौती सामना गर्न ‘निर्णायक राष्ट्रिय शक्ति’ अनिवार्य -एमाले महासचिव पोखरेल

नयाँ चुनौती सामना गर्न ‘निर्णायक राष्ट्रिय शक्ति’ अनिवार्य -एमाले महासचिव पोखरेल

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रसामु थपिएका नयाँ चुनौतीहरूको सामना गर्नका लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका छन‍् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले राष्ट्रको हित रक्षा र विकासका लागि बलियो र एकताबद्ध शक्ति अपरिहार्य रहेको औंल्याएका हुन् । उनले भनेका छन्, “निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन।”

यसअघि पनि महासचिव पोखरेलले राजनीतिक ध्रुवीकरण गरी एमालेलाई नै निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने पार्टीको लक्ष्य रहेको बताउँदै आएका थिए ।

Logo