गोबिन्द केसी बचाउ भन्दै काँग्रेसद्धारा संसद अवरुद्ध

गोबिन्द केसी बचाउ भन्दै काँग्रेसद्धारा संसद अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधि सभाको बैठक अबरोध गरेको छ । कांग्रेसले बैठक अबरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक आजै आधा घण्टाको लागि स्थगित गरेका छन् ।

काँग्रेसले आज संसदमा डा गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको थियो । तर आजको कार्यसुचीमा यसलाई समाबेश नगरेपछि कांग्रेसले आज नै यसमा छलफल गर्नुपर्ने भन्दै बैठक अबरोध गरेको हो ।

बैठकमा प्रमुख सचेतक बालकृष्ण खाँडले डा केसीको स्वास्थ्य अवस्था गम्भीर भएकोले आज नै यसमा छलफल गर्नुपर्ने र यो प्रस्ताव कार्यसुचीमा नराखेसम्म सदन चलन नदिने बताए ।

जवाफमा सभामुख महराले संसद नियमावलीको नियम ७१ को ३ अनुसार सम्बन्धित मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने ब्यबस्था रहेकोले सोहि अनुसार मिति र समय तोकिने जनाउदै सांसदहरुलाई आग्रह गरेका थिए ।

तर सांसदहरु बस्न नमानेपछि महाराले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।

Logo