जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ ।
सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका महन्त ठाकुरको उपस्थितीमा उक्त सहमति भएको हो । जनमत पार्टी पनि यसमा सहभागी हुने जनाइएको छ ।
नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा माओवादी, नेकपा एस र जनमत पार्टी सहभागी रहेको जनाइएको छ । यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद रहेका छन् । उनीहरुले आजै सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।
यसअघि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको गठबन्धन सहमतिको पत्र प्रदेश प्रमुख कार्यालयमा केही दिन बुझाएको थियो । हिजो जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि केही असर परेको बुझिएको छ ।
सरकारको नेतृत्वका लागि आज लागि आज ४ बजेसम्म दाबी पेस गर्न समय तोकिएको छ ।





























प्रतिक्रिया