कांग्रेस विशेष महाधिवेशन माग गर्दै ५३ प्रतिशतको हस्ताक्षर बुझाइयो खड्कालाई

कांग्रेस विशेष महाधिवेशन माग गर्दै ५३ प्रतिशतको हस्ताक्षर बुझाइयो खड्कालाई

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । विशेष महाधिवेशन माग गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्।

बुधबार केन्द्रीय कार्यालय सानेपा पुगेर उनीहरुले ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर खड्कालाई बुझाएका हुन् । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

Logo