काठमाडौं

प्रधानमन्त्री केपी ओलीले पानीजहाज सञ्चालनको योजनाले छिटै साकार रूप लिन लागेको जानकारी दिँदै आलोचना गर्नेहरूलाई स्टिमर (पानीजहाज) चढेर कोलकात्ता सम्म जान तयार रहन निम्ता दिएका छन् । "/>

पुस सम्म पानीजहाज चढेर कोलकाता जान तयारी गर्नुस : प्रधानमन्त्री

पुस सम्म पानीजहाज चढेर कोलकाता जान तयारी गर्नुस : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले पानीजहाज सञ्चालनको योजनाले छिटै साकार रूप लिन लागेको जानकारी दिँदै आलोचना गर्नेहरूलाई स्टिमर (पानीजहाज) चढेर कोलकात्ता सम्म जान तयार रहन निम्ता दिएका छन् ।

‘रेलको कुरा गर्दा खेलौना बनाएर उडाउने, पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउने, अब हिँड्दा हिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ,’ आफ्ना सपनाको आलोचना गर्नेलाई चुनौती दिँदै प्रधानमन्त्रीले भने, ‘दुई वर्ष अघि प्रधानमन्त्री हुँदा बोलेका कुरा सन् २०१८ सम्म भ्याइएन भने सन् २०१९ को पुस १६ लाग्ला । तर स्टिमर (पानीजहाज) चढेर कोलकात्ता सम्म जान निम्ता छ साथीहरूलाई ।’

‘म माथिको आलोचना, टिप्पणी र विरोधको जहिले पनि स्वागत गर्छु । तर उहाँहरूलाई एउटा सुझाब पनि दिन चाहन्छु– मिडियाको जमानामा तपाईंहरूले बोलेका कुरा इतिहासमा रेकर्डेड छन् । याद गरिराख्नुस्, १० वर्षपछि तपाईंलाई दुनियाँले मजाकको पात्र नबनाओस्,’ प्रधानमन्त्री ओलीले भने । विकास र समृद्धिको योजनाको कुरा गर्दा मजाक उडाइएको भन्दै ओलीले महाथिरले मलेसियामा राजधानीबाट ८० किमी टाढा विमानस्थल बनाउने र ट्विनटावर बनाउने कुरा गर्दा पनि त्यस्तै मजाक गरिएको उदाहरण पेस गरे । ‘तर अहिले त्यही ट्विनटावर संसारकै पयर्टकीय र व्यापारिक केन्द्र बनेपछि सबैले महत्व बुझे,’ प्रधानमन्त्रीले भने ।
नयाँ पत्रिकाबाट

Logo