तत्कालिन प्रधानमन्त्री ओली,गृहमन्त्री लेखक र सिडियो पराजुलीलाई पक्राउ नगरेको भन्दै जेन जीहरु आक्रोशित

तत्कालिन प्रधानमन्त्री ओली,गृहमन्त्री लेखक र सिडियो पराजुलीलाई पक्राउ नगरेको भन्दै जेन जीहरु आक्रोशित

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा भएको राज्यदमन प्रति तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सिडियो छविलाल पराजुली लाई पक्राउ नगरेको भन्दै जेन जीका अगुवाहरु आक्रोशित भएका छन् । शुक्रबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर उनीहरुले आन्दोलनको जगमा बनेको सरकारले तत्कालिन प्रधानमन्त्री ओली,गृहमन्त्री रमेश लेखक र सिडियो पराजुली लाई तत्काल कारर्वाही गर्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे ।

पत्रकार सम्मेलनमा जनक परियार र विवेक थापाले आफूहरु भ्रष्टाचार मुक्त समाज र सुशासन तथा कार्यकारी प्रधानमन्त्रीको लागि लडाई लडेको तर त्यो विषयान्तर हुनलागेको प्रति चिन्ता व्यक्त गरे । उनीहरुले हरेक संघर्षमा जस्तैः जेन जी संघर्षमा पनि दलितको प्रतिनिधीत्व नभएको भन्दै वर्तमान सरकारमा प्रतिनिधीत्वको मागसमेत राखेका छन् ।

त्यस्तै उनीहरुले २०४६ सालपछिका उच्च पदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने, जेन्जीहरुलाई मन्त्रीपरिषदमा प्रतिनिधीत्व गर्नुपर्ने लगायतका माग सबै ओझेल पर्ने खतरा बढेकोप्रति चिन्ता व्यक्त गरे ।

त्यसैगरी अर्का जेन्जी गणेश थापाले परिवर्तनका लागि गरिएको संघर्षमा जेन्जीहरुको प्रतिनिधीत्व नहुनुनै दुःखत विषय भएको बताए । थापाले दलित लगायतका सम्पूर्ण वास्तविक जेन जीहरुलाई समेटेरे मन्त्री मण्डल तथा सरकारी निकायमा प्रतिनिधित्व गराउनु पर्ने र सो माग पुरा नभए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिए ।

दलित गैर सरकारी संस्था महासंघ(डिएनएफ) का अध्यक्ष जेवी विश्वकर्माले कथित उचनिचको जात व्यवस्थाका कारण ६० लाख दलितहरु अझै पनि अन्यायमा परिरहेको बताए । विश्वकर्माले जेन्जी आन्दोलनमा पनि व्यापक दलित सहभागि भएको दाबी गर्दै वर्तमान सरकारले दलित समुदायलाई न्यायको लागि पहल गर्न आग्रह समेत गरे ।

Logo