काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट भएका छन् । शनिबार बौद्धिक समुदायका अगुवाहरूसँगको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । निवर्तमान प्रधानमन्बी समेत रहेका ओलीले शुक्रबार एमाले केन्द्रीय समिती बैठकको समापनमा एमालेले निर्वाचनमा नजाने दिएको अभिव्यक्ति चित्त नबुझेको भन्दै राष्ट्रपतिले असन्तुष्टी जनाएको छलफलमा सहभागी एक अगुवाले बताए ।
उनले भने, ‘एमालेको भूमिकाबारे एकछिन छलफल भयो,’ शीतलनिवासमा भएको छलफलमा सहभागी एक अगुवाले भने, ‘राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट असन्तुष्ट हुनुहुन्थ्यो ।’ एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी आफूहरूलाई दिइएको ती अगुवाले बताए ।
‘एमाले अध्यक्षबाहेकका नेताहरूसँग राष्ट्रपतिले भेट्नुभएको रहेछ।उहाँहरूले निर्वाचनमै जानुपर्छ भन्नेकुरा भएको रहेछ,’ ती अगुवाले बताए । राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए ।





























प्रतिक्रिया