अमेरिका भागेको हल्लाका बीच आफ्नै निवासबाट सार्वजनिक भए दीपक खड्का

अमेरिका भागेको हल्लाका बीच आफ्नै निवासबाट सार्वजनिक भए दीपक खड्का

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का सार्वजनिक भएका छन् ।

यसअघि खड्का आन्दोलनपछि देश छाडेर अमेरिका भागेको खबर बाहिर आएपनि सोमबार आफ्नै निवासबाट सार्वजनिक भएका हुन् । आफ्नो जलेको घरबाटै उनको भिडियो पनि बाहिरिएको छ ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि मन्त्रीबाट पदमुक्त भएका खड्काको बूढानीलकण्ठस्थित निवासमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए । त्यस क्रममा उनको निवासमा नेपाली र विदेशी नोट भेटिएको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । यसैलाई मुख्य आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हाल खड्काको सम्पत्ति विवरण खोजबिन गरिरहेको छ ।

Logo