जनप्रिय वडाअध्यक्षको रुपमा परिचित तिवारी,जस्ले आफ्नो तलवभत्ता सवै सामाजिक कार्यमा खर्च गर्छन्

जनप्रिय वडाअध्यक्षको रुपमा परिचित तिवारी,जस्ले आफ्नो तलवभत्ता सवै सामाजिक कार्यमा खर्च गर्छन्

केन्द्रबिन्दु
15
Shares

निर्मल पौडेल पर्वत। जनप्रिय वडा अध्यक्षका रुपमा चिनिएका पर्वतको फलेवास नगरपालिका वडा नंं ४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आँफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा खर्च गर्दै आएका छन् ।

उनले मासिक रुपमा पाउने रु २४ हजारभन्दा बढी रकमलाई सामजिक क्रियाकलापहरुमा खर्च गर्दै आएका हुन्। उनले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई आर्थिक तथा माझी परिवारलाई खाद्यान्न सहयोग गरेका हुन्।

मुडिकुवामा आयोजित एक कार्यक्रममा मुडिकुवाका टोलस्तरमा रहेका आठ महिला समूहलाई रु दश हजारका दरले हस्तान्तरण गरेका हुन् । यस्तै उनले सोही वडामा रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उदेश्यले चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरे।

तिवारीले यसअघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ‘साउण्ड सिष्टम’ खरिद गर्नका लागि सहयोग गरेका थिए । तिवारीले भने, “ मेरो मेरो लागि जनता भन्दा ठूलो अरु कोही छैन,उहाँहरुलेनै अमुल्य मत दिएर अध्यक्ष बनाउनु भएको हो, मैले पाउने तलवभत्ता उहाँहरुका लागि नै खर्च गर्ने गरेकोछु र गर्नेछु।” उक्त रकमले महिला समूहमा आपतकालीन सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने तिवारीले बताए ।

जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने र वडाको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि सबै एकजुट बनाउन आँफुले भरपुर प्रयास गरेको भन्दै तिवारीले सिमीत स्रोत र साधनका कारण नागरिकले चाहे जस्तो विकास गर्न नसकिएकोमा दुख व्यक्त गरे । यस्तै उनले आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पुरा गर्न सक्रिय भएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।
नेपाली काँग्रेस जिल्ला सह सचिव र फलेबास नगरपालिकाका प्रवक्ता समेत रहेका तिवारीले आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा सक्दो सहयोग गर्दै जाने बताए ।

रकम हस्तान्तरण कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सबै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। तिवारीले आँफु सत्तामा नभए पनि फलेबासको विकास र समृद्धीमा सदैव लागिरहने बताए । उनले राजनीतिक आस्था निजी हुने भन्दै देश समाज साझा हुने भएकोले सवै मिलेर समुन्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

Logo