वर्तमान सरकारको काम चुनाव गराउनु हो, बाहिर गायो: नैनसिंह महर

वर्तमान सरकारको काम चुनाव गराउनु हो, बाहिर गायो: नैनसिंह महर

केन्द्रबिन्दु
6
Shares

डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको आरोप लगाएका छन् । गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारको काम चुनाव सम्पन्न गराउनु भएको भए पनि त्यो भन्दा बाहिर गएको आरोप लगाएका हुन् । महरले भने, ‘दलहरूमाथि पूर्वाग्रहीरूपमा प्रस्तुत हुने, आफूलाई दिएको टीओआर चुनावको भए पनि त्योभन्दा बाहिर गएर काम गर्ने गरिरहेको छ,’

सरकारको मुख्य काम चुनाव गराउनुभएको भन्दै आफ्नो काम गर्न नसके सरकारको औचित्य पनि सकिने महरले बताए ।
नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।

महरले भने ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी,विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो।’
जेन जी आन्दोलनको माग पनि चुनाव गराउनु भएको भन्दै तोकीएकै मितीमा चुनाव सम्पन्न गर्नतर्फ सरकार लाग्नुपर्ने भन्दै उनले यसको अलवा सरकार राजनीतिक दल तथा नेताहरुलाई बन्देज र गिरफ्तारीतर्फ कदम चाल्न उद्दत रहेको बताए ।

Skip This
Skip This
Logo