रोकियो खगेन्द्र सुनारको सपथ

रोकियो खगेन्द्र सुनारको सपथ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको छ ।

दलित अधिकारकर्मी सुनार विवादमा तानिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सपथ रोकेकी हुन् । सुनारविरुद्ध सुर्खेत र काभ्रेबाट जारी भएको पक्राउ पुर्जी तथा उनले एक महिला अधिवक्ताविरुद्ध लेखेको फेसबुक स्टाटस सार्वजनिक भएपछि आलोचना भइरहेको थियो । साथै बहुविवाहको अभियोग पनि लागेको थियो ।

आज बब्लु गुप्ता र सुधा शर्मा गौतमको मात्रै शपथ हुने भएको छ । गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Logo