काठमाडौं । कोशी प्रदेशका सांसद भीम पराजुलीले यस वर्ष पनि कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् ।
मुलुकको शान्ति विकास र समृद्धिका लागि कामना गर्दै सांसद पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी दण्डवत गरी घस्रिंदै यात्रा गरेका हुन् ।
पराजुलीले २०४८ सालदेखि छठी माताको उपासना गर्दै आएका छन् । विगतमा वर्ष पनि उनले दण्ड प्रणाम गर्दै यात्रा गर्दै आएका छन् ।
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।





























प्रतिक्रिया