काठमाडौँ। जेनजी युनाइटेडका युवाहरूले विभिन्न समूहमा रहेका जेनजीहरूलाई एकै ठाउँ ल्याउने वातावरण बनाउन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्।
उनीहरूले मंगलबार जेनजी युवाहरु विभिन्न समूहमा रहँदा एकता बलियो हुन नसकेकाले सबैलाई एकताबद्ध गर्ने गरी प्रधानमन्त्रीले पहलकदमी लिनुपर्नेभन्दै कार्कीलाई आग्रह गरेका हुन् ।
जेनजी युनाइटेडका सदस्य सदीक्षा राई लगायतका युवाहरुले प्रधानमन्त्री कार्कीलाई भेटेर समान एजेण्डा बोकेका युवाहरू एकै ठाउँ आउनुपर्ने बताए ।
उनीहरुले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको उल्लेख गरे। जेनजी युवाहरु एकताबद्ध हुनुपर्ने भन्दै पछिल्लो समय जेनजी युनाइटेडका युवाहरूले विभिन्न कार्यक्रम समेत गर्दै आएका छन्।































प्रतिक्रिया