काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि राष्ट्रव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
बुधवार राष्ट्रिय मानव अधिकार आयोगसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले सो कुरा बताएका हुन्। उनले आफ्नो नेतृत्वमा हुने आन्दोलन मेचीदेखि महाकालीसम्म एकैपटक शुरू हुने जानकारी दिए।
प्रसाईंले यसअघि पनि राजतन्त्रको पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणा र लघुवित्त/सहकारी पीडितहरूको ऋण मिनाहा लगायतका विभिन्न माग राखेर प्रदर्शनहरू गर्दै आएका छन्।































प्रतिक्रिया