काठमाडौँ । नेकपा समाजवादीकी पोलिटव्यूरो सदस्य रामकुमारी झाँक्रीले पार्टी विभाजन हुन सक्ने चेतावनी दिएकी छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकताको तयारी भइरहेका बेला उनले एकताको खुलेरै विरोध गरेकी छन् ।
समाजवादीको जारी बैठकमा विरोध गरेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत समेत माओवादी सँगको एकता व्याक्तिगत आवश्यकता र संकट समाधानका लागि भन्दै त्यसले उल्टै पार्टीलाई विभाजनतिर लैजान सक्ने चेतावनी दिएकी छन्।
उनले लेखेकी छन् , ‘व्यक्तिको आवश्यकता र संकटकालीन व्यवस्थापनका लागि भएको एकता अनेकतामा विभाजित हुन सक्छ। मान्छे थपेर बहुमत देखाउन त सकिन्छ तर त्यसले सबैको भावना बोक्छ भन्नेचाहिँ होइन।’ झाँक्रीको यो अभिव्यक्तिले पार्टी विभाजनतिर जाने संकेत देखिएको छ ।
अध्यक्ष नेपाल लगायत ७० प्रतिशत नेताहरु एकताको पक्षमा रहे पनि झाँक्री लगातयका नेताहरूले व्याक्तिगत स्वार्थका लागि एकता खोज्नु ‘सैद्धान्तिक विचलन’ भएको टिप्पणी गर्न थालेका छन्।
एमालेसँगको विद्रोहमा नेपालको हात समातेर बाहिरिएकी झाँक्री माओवादी सँगको एकतामा नेपालको हात छाडेकी छन् । नेपालकै आर्शिवादमा मन्त्री समेत भएकी झाँक्रीले अहिले नेपाल लाई एक्लो बनाउने कसरतमा छिन् ।
उनलाई अध्यक्ष नेपालले सहरी विकास मन्त्रीमा सिफारिस गरेर मन्त्री बनेकी थिइन् । उनले अहिले नेतृत्वकै निर्णयमाथि प्रश्न उठाउँदै सार्वजनिक रूपमा फरक कित्तामा उभिएकी छन् ।
समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायत नेताहरूले पनि माओवादीसँग एकता गर्नु पार्टीलाई विलय गर्नु भएको भन्दै एकताको विरोध गर्दै आइरहेका छन् ।





























प्रतिक्रिया