जेनजी विद्रोहले काँग्रेस र कम्युनिष्टका जरा हल्लाईदियो, अब उखेल्नुपर्छ: बाबुराम भट्टराई

जेनजी विद्रोहले काँग्रेस र कम्युनिष्टका जरा हल्लाईदियो, अब उखेल्नुपर्छ: बाबुराम भट्टराई

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन जी आन्दोलनले काँग्रेस र कम्युनिष्टहरुका जरा हल्लाईदिएको बताएका छन् । रास्वपाले शुक्रबार आयोजना गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै डा. भट्टराईले कांग्रेस र कम्युनिस्ट नामका ब्रान्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताए।

भट्टराईले भने,  ‘उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन्। संगठन तलसम्म छन्। जेनजी विद्रोहले जरा त हल्लाएको छ, तर उखेलिएको छैन। कांग्रेस र कम्युनिस्ट नामका ब्रान्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ।’

त्यस्तै भट्टराईले जेनजी र नयाँ वैकल्पिक शक्तिहरू एकजुट भएर आगामी निर्वाचनमा जानुपर्ने बताए । उनले अबको नेतृत्व जेनजीले लिनुपर्नेमा जोड दिँदै कम्युनिष्ट र काँग्रेसका ब्राण्डलाई निर्वाचनमार्फत जरै उखेल्लेगरी लाग्नुपर्नेमा जोड समेत दिए ।

Logo