काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच मंगलबार साँझ भेटवार्ता भएको छ । भेटवार्तामा नेकपाको पछिल्लो राजनीतिक विवादका विषयमा गम्भिर छलफल भएको छ ।
नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला उनीहरु बीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । विगतमा पनि नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूतले विशेष भूमिका निभाउँदै आएकी थिइन् ।
नेकपा विवाद उत्कर्षमा पुगेपछि राजदूत यान्छीले राजनीतिक भेटवार्तालाई तिव्रता दिएकी हुन् । यस अघि उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेकी थिइन् ।
यसैबीच आजका लागि निर्धारित नेकपा सचिवालय बैठक बस्ने नबस्ने अन्योल भएको छ ।





























प्रतिक्रिया