नेकपा एसका असन्तुष्ट नेतालाई अध्यक्ष ओलीको आह्वान- जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्

नेकपा एसका असन्तुष्ट नेतालाई अध्यक्ष ओलीको आह्वान- जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्

केन्द्रबिन्दु
60
Shares

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरूलाई मूल घरमा फर्कन आह्वान गरेका छन् ।

अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग गर्ने तयारी गरेपछि विपक्षमा उभिएका नेताहरुलाई लक्षित गर्दै अध्यक्ष ओलीले यस्ताे आह्वान गरेका हुन् । एमालेलाई “जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार” को संज्ञा दिँदै उनले विभाजनबाट अलग्गिएका नेता तथा कार्यकर्ताहरूलाई फर्केर राष्ट्रिय एकता, स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन आग्रह छन्।

अध्यक्ष ओलीको आह्वानमा भनिएको छ- “म सबैमा आह्वान गर्न चाहन्छु- कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा — हाम्रो साझा सपना साकार पार्न । निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं। हामी एउटै परिवार हौं।”

वर्तमान राजनीतिक परिस्थितिलाई ‘महाविनाश’को संज्ञा दिँदै अध्यक्ष ओलीले देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा भएको र लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको दाबी गरे । यस्तो बेला मौन बस्न नसकिने बताउँदै उनले सबैलाई ‘एकै मन, एकै स्वर र एकै दिशा’ मा अघि बढ्न जोड दिएका छन् ।

Logo