एकीकृत समाजवादीमा असन्तुष्ट झलनाथ खनाल समूहले बोलायो छुट्टै भेला

एकीकृत समाजवादीमा असन्तुष्ट झलनाथ खनाल समूहले बोलायो छुट्टै भेला

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । पार्टी एकता विवादले विभाजनउन्मुख रहेको नेकपा (एकीकृत समाजवादी)पार्टीका सम्मानित नेता झलनाथ खनाल समूहले छुट्टै भेला बोलाएको छ।

भेला दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा बस्ने तय भएको छ। ‍भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल सहित सय बढी केन्द्रीय उपस्थित हुने दाबी गरिएको छन्।

हिजो सम्पन्न केन्द्रीय समिति बैठकबाट एकीकृत समाजवादीले नेकपा (माओवादी केन्द्र) लगायत समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय गरेपछि यो भेला बोलाइएको हो । खनाल समूह माओवादीसँग एकताको विपक्षमा छ ।

Skip This
Skip This
Logo