स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन -आनन्द श्रेष्ठ

स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन -आनन्द श्रेष्ठ

केन्द्रबिन्दु
6
Shares

रामेछाप । वागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले स्वास्थ्य र शिक्षा क्षेत्र नेपालको प्राथमिकताको क्षेत्रमा नै नपरेको बताएका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको वार्षिक समीक्षा कार्यक्रमलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले नेपालको योजना छनोट र बजेट विनियोजनको प्रक्रिया निक्कै कमजोर भएको बताए ।

‘हाम्रोमा कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने नै छैन, प्राथमिकता के हो भन्ने हामीले निर्क्याैल गर्न सकेका छैनौं,’ उनले भने ।

नेपालको स्वास्थ्य क्षेत्र अहिले पनि निक्कै कमजोर भएको उनले बताए । सारा सम्पत्ति सक्दा पनि रोगको पहिचान नै नहुने अवस्था अहिले पनि रहेको उनको भनाइ छ । ‘सम्पत्ति पनि सकिन्छ, मान्छे पनि सकिन्छ, हामी यस्तो अवस्थामा छौँ’, उनले भने ।

रामेछापको जनप्रतिनिधिको हिसाबले जिल्लाको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासको लागि आफूले सकेको प्रयत्न गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । यस विषयमा प्रदेश र केन्द्र सरकारसम्म आफूले पहल र प्रयत्न गर्ने उनले बताए ।

Skip This
Skip This
Logo