रास्वपाले ६ महिनापछि मात्रै महाधिवेशन गर्ने, रविको विकल्प नखोज्ने

रास्वपाले ६ महिनापछि मात्रै महाधिवेशन गर्ने, रविको विकल्प नखोज्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन सम्पन्नको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यसअघि पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलाले तोकेको महाधिवेशन फागनुमा गर्ने भनेपनि निर्वाचनमा होमिनुपर्ने भएपछि सौराहामा शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय गरेको हो।

केन्द्रीय समितिको विस्तारित बैठकपछि प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अप्रत्याशीत राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गर्दछ। चुनावी अभियानसँगै तल्ला समितिहरूको अधिवेशनलाई निरन्तरता दिन प्रतिबद्ध छौं।’

त्यस्तै, विस्तारित बैठकले सभापति रवि लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको छ। सरकारले शक्तिको दुरुपयोग गर्दै विपक्षी विचारलाई दबाउने प्रवृत्तिले जनताको म्यान्डेटमाथि प्रत्यक्ष प्रहार गरेको रास्वपाको ठहर छ।

Logo