राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिंदै

राष्ट्रियसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिंदै

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाएका विषयमा जवाफ दिने भएका छन् ।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिने कार्यसूचिमा उल्लेख रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिएका थिए ।

Logo