काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । छापामार शैलीमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटलमै सपथ ग्रहण गराएकी भण्डारीलाई सोमबार बसेको मन्त्रिपरषद्को बैठकले बर्खास्त गरेको हो ।
सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २३ गते पदबाट राजनीनामा दिएका थिए । प्रदेश प्रमुख भण्डारीले उनको राजिनामा स्वीकृत गरिसकेकी थिइन् तर नयाँ सरकार गठनका लागि आह्वान भने गरेकी थिइनन् ।
तर आज बिहान अस्वस्थ बहानाले काठमाडौं लागेकी भण्डारीले अनपेक्षित रुपमा बाटोमै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमालेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । जसले मधेश प्रदेशमा तनाव मच्चाएको थियो । आक्रोशित विपक्षी दलका केही सांसदहरुले प्रहरीलाई दुर्व्यवहार गर्दै मधेश प्रदेशको प्रदेश प्रमुख कार्यालय र मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका थिए ।































प्रतिक्रिया