काठमाडौं । सर्वोच्च अदालतले मशेध प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।
मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘…सुविधा सन्तुलनको दृष्टिबाट यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म २०८२–७–२३ मा मुख्यमन्त्री नियुक्त मा। सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषदबाट मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू, नगराउनू ।’





























प्रतिक्रिया