रेल चढेको सपना देख्न थालेः नेम्वाङ

रेल चढेको सपना देख्न थालेः नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलेआफूले रेल चढेको सपना देख्न थालेको बताएका छन् ।

नीति तथा कार्यक्रममाथि भईरहेको छलफलमा आप्mनो धारण राख्दै उनले काठमाडौंबाट लुम्बिनी, काठमाडौंबाट पोखरा, काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थालेको बताए । ‘एक जना मित्रले काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थाल्नु भएछ’, नेम्वाङले भने, ‘म पनि आजकाल काठमाडौं(लुम्बिनी, काठमाडौं(पोखरा, काठमाडौं(वीरगञ्जमात्र होइन दिल्ली हुँदै युरोप पुगेको। काठमाडौं(बेइजिङ पुग्ने सपना देख्न थालेको छु।’

नेम्वाङले सरकारले नीति तथा कार्यक्रमबाट देखेको सपना अब बजेटमा आउनुपर्ने बताए । नेम्वाङले सबैलाई सपना देख्न आग्रहसमेत गरे ।

Logo