काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले जन-विश्वास जितेका प्रमुख व्यक्तित्वहरूलाई राष्ट्रिय एकताका लागि एकै ठाउँमा उभिन सार्वजनिक रूपमा आह्वान गरेका छन्।
गुरुङले विशेषगरी रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई नेपाल परिवर्तनको यस अभियानमा एकताबद्ध हुन अनुरोध गरेका हुन्।
“अब दोस्रो चरण सुरु हुँदै छ । जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने । हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्नु चाहन्छौँ,” उनले लेखेका छन् ।
उनका अनुसार, यो एकता अभियान ऐतिहासिक गोरखा मन्दिरबाट सुरु हुनेछ, जसरी पृथ्वीनारायण शाहको नेतृत्वमा गोरखाबाट नै नेपालको एकीकरण यात्रा सुरु भएको थियो। यो पहल ‘राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि’ केन्द्रित हुनेछ। उनले भनेका छन्, “हाम्रो देशलाई वैकल्पिक नागरिक शक्ति आवश्यक छ। पार्टी प्रेमी होइन, देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छन्।”





























प्रतिक्रिया