काठमाडौँ

सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असल निबन्ध भएको टिप्पणी गरेको छ । "/>

सरकारको नीति तथा कार्यक्रम असल निबन्ध जस्तो : प्रतिपक्ष दल

सरकारको नीति तथा कार्यक्रम असल निबन्ध जस्तो : प्रतिपक्ष दल


काठमाडौँ

सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असल निबन्ध भएको टिप्पणी गरेको छ । कांग्रेसले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको योजना नभएको बताएको हो ।

नीति तथा कार्यक्रम सुनेर बाहिरिँदै गर्दा प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम स्पष्टीकरण जस्तो लागेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम प्रति टिप्पणी गर्न नै आवश्यक नभएको बताए । त्यसैगरी कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरू ल्याइएको बताउँदै बजेट प्रस्तुत भएपछि मात्र पार्टीले आधिकारीक भनाइ सार्वजनिक गर्ने बताए ।

कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रमले स्पष्ट मार्गदिशा नदिएको र प्राथमिकता कार्यान्वयनको स्पष्ट खाका नदेखाएको बताए । उनले सरकारको नीति तथा कार्यक्रम असल निबन्धका रूपमा रहेको टिप्पणी गरे ।

यता पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर पार्ने र १० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने कुरा विरोधाभासपूर्ण रहेको बताए । भट्टराईले संविधान संशोधन गरेर देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने कुरा नीति तथा कार्यक्रममा आइदिएको भए राम्रो हुने बताउँदै भने– ‘यो विषय जानी जानी छुटाइएको हो वा बिर्सिएको हो ?’ कतिपय लक्ष्य किटान भएका छन् त्यसलाई प्राप्त गर्न तय गरिएको बाटो अस्पष्ट रहेको बताउँदै संघीयतालाई जोड दिन नसकेको बताए ।
नेपाल समाचारपत्रबाट

Logo