नेकपा अण्डरलाइनले ४४१ केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्दै

नेकपा अण्डरलाइनले ४४१ केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा अण्डरलाइन) ले आज केन्द्रीय कमिटिको सदस्यहरुको नाम सार्वजनिक गर्ने भएको छ । केन्द्रीय कमिटिको सदस्यहरुहरुलाई बिहिबार सपथ खुवाएको थियो । पार्टीमा एमालेको २ सय ४१ र माओवादी केन्द्रको २ सय गरि ४ सय ४१ केन्द्रीय सदस्य छन् । यस्तै नेकपाको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टीले विघटित पार्टीका सूचनापाटी आज निकाल्ने भएको छ । अब नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ ।

धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए ।

Logo