ठुला दलहरुले वृद्धाश्रम खोले, हामीलाई नाङ्लो पसल खोल्नु छैनः सुदन किराँती

ठुला दलहरुले वृद्धाश्रम खोले, हामीलाई नाङ्लो पसल खोल्नु छैनः सुदन किराँती

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले ठुला दलहरुललाई वृद्धाआश्रमको संज्ञा दिएका छन । आइतबार पार्टी एकता घोषणा सभामा बोल्दै उनले ठुला दलहरुले वृद्धाआश्रम खोलेको र आँफूहरुले नाङ्लो पसल नखोलेको बताएका हुन।

जेनजी विद्रोहको सन्देश पार्टीहरूमा पुस्तान्तरण र रूपान्तरण नै भएकोमा जोड दिँदै किराँतीले जेनजीहरूले नबोलेरै दिएको सन्देश रूपान्तरण र पुस्तान्तरण भएको बताए । किराँतीले भने, ‘जेनजीहरूले नबोलेर दिएको सन्देश रूपान्तरण र पुस्तान्तरण नै हो, आज त्यो ठूला दलहरूले ती सन्देशलाई ओझेलमा पार्दै वृद्धाश्रम खोल्नु भएको छ, उहाँहरूलाई सम्मान छ तर आजको आवश्यकता उहाँहरूले बुझ्न सक्नुभएन, त्यसैले हामीले यो बाटो लियौं,’ उनले भने, ‘हामीलाई नाङलो पसल खोल्नु छैन । जनताको सेवा गर्दै समस्या समाधान गर्ने विचार विधिसहितको शक्ति निर्णय गर्न खोजेका छौं।’

यस्तै उनले प्रगतिशिल पार्टीमा जोडिन जेनजी लगायत सवैलाई आग्रह समेत गरे ।

Skip This
Skip This
Logo