प्रधानमन्त्री कार्कीसँग लाेसपा अध्यक्ष महन्थ ठाकुरको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग लाेसपा अध्यक्ष महन्थ ठाकुरको भेटवार्ता

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्कीलाई भेट्न अध्यक्ष ठाकुर आज प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार आएका थिए । प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरिन् ।

अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिए । उनले भने, ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो।’

उनले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरे ।

Skip This
Skip This
Logo