‘संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्दा देश कब्जामा जान्छ’ -राजेन्द्र श्रेष्ठ

‘संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्दा देश कब्जामा जान्छ’ -राजेन्द्र श्रेष्ठ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका राजेन्द्र श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टी रोजेको बताएका छन् ।

जसपासहित ४ घटकसँग एकता समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन भएको र त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी भएको हुनाले यो पार्टीमा आएको बताए । आजको एकता जायज रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘हाम्रो यो आजको एकता जायज छ । हामीले नेपाली कम्युनिष्ट पार्टीसँगको एकता रोज्यौ भन्दा नेपालमा नेपालको राष्ट्रियता, सार्वभौमसत्तामाथि सधैँ कालो बादल घुमिरहेको थियो । लामो इतिहासमा पनि हेर्ने हो भने सधैँ भरि राष्ट्रियताको लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको थियो नेपालमा, तर नेपालको राष्ट्रियताको जगेर्नाको लागि विकल्प नेपालको कम्युनिष्ट आन्दोलन हो अब त्यसको केन्द्र नेपाली कम्युनिष्ट पार्टी हो त्यसकारण मैले यो पार्टी रोजेको हो ।’

यस्तै, उनले संविधान संशोधनको कुरा गरेर एमालेसँग तालमेल गर्ने हो भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितिवादीको कब्जामा जाने भन्दै अब अग्रगामी परिवर्तनकारी शक्तिहरु एक ठाँउमा आउनु पर्ने बताए ।

उनले भने, ‘आज कतिपय साथिहरुले भनि रहनु भएको छ, जनता समाजवादी पार्टीलाई जीवित राख्छौ । अनि जीवित राखेपनि निर्वाचन लड्नको लागि के गर्ने भन्दा एमालेसँग तालमेल गर्नुपर्छ पनि भनेर हिनेका रहेछन् । हाम्रो स्पष्ट मत छ अब आउने निर्वाचनमा संविधान संशोधन गर्ने एजेण्डा छ । तपाई कुरा उठाउनु हुन्छ संविधान संशोधनको अनि तालमेल एमालेसँग गर्ने कुरा गर्नुहुन्छ भने फेरि दोस्रो संविधान जस्तो प्रतिगामी र यथास्थितीवादीको कब्जामा जान्छ । त्यसकारण अग्रगामी परिवर्तनकारी शक्तिहरु एक ठाँउमा आउनु पर्छ भनेर आजको एकता गरेका हौं ।’

Skip This
Skip This
Logo