काठमाडौं । धनकुटा र ओखलढुंगामा देखिएको नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोट विवाद समाधान भएको छ। केन्द्रले नै एक्सन लिएपछि दुवै जिल्लाबाट भागबन्डाका आधारमा सर्वसम्मत प्रतिनिधि चयन भएको हो ।
धनुकटामा राजेन्द्र राई पक्षले एकलौटी गरेको भन्दै इन्द्रमणि पराजुली पक्षले केन्द्रमा उजुरी दिएको थियो। प्रदेश इन्चार्ज शेरधन राईसहितका नेताहरूको पहलमा धनकुटाबाट १३ जना र ओखलढुंगाबाट १२ जना प्रतिनिधि चयन भएका छन्।
धनकुटाबाट निरेन तामाङ, मनोज राई, शिव आङ्ला, निरन राई, चिन्तन तामाङ, परशु नेपाल, खगेन्द्र राई खुल्ला तर्फबाट सर्वसम्मत प्रतिनिधि बनेका छन्।
यस्तै युवाबाट सरोज राई, दलितबाट नैन रुचाल, महिलाबाट तुलसी राई, सम्झना आले मगर निर्मला इभाङ लिम्बू र गोमा कार्की चयन भएका छन्। थप दुई जना मनोनयन गर्ने सहमति भएको छ।
त्यस्तै ओखलढुंगामा ईश्वर पोखरेल पक्षले एकलौटी गरेको भन्दै ओली पक्षका नेताहरूले आपत्ति जनाएका थिए। तर अहिले सहमतिपछि ओखलढुंगाबाट मोहनकुमार श्रेष्ठ, अस्मिता थापा, हर्कबोल राई र सकुन्तला राजभण्डारी महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे पनि प्रतिनिधि चयन भएका छन्।





























प्रतिक्रिया