काठमाडौं । उपमहासचिवमा उम्मेदवारी दिएका एमाले नेता राजेन्द्र गौत्तमले उम्मेदवारी फिर्ता लिएका छन् ।
हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
पार्टीका नेताहरूको, कार्यकर्ताको सुझाव र सल्लाहलाई मध्यनजर गर्दै केपी शर्मा नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको गौतमले बताएका छन् ।
खुला केन्द्रीय सदस्यमा भने उनको उम्मेदवारी कायम रहेको छ ।





























प्रतिक्रिया