काठमाडौं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा खुला युवा कलष्टरबाट नरेश रोकाया र सुशील कुमार थापा सर्वसम्मत रूपमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
भृकुटीमण्डपमा जारी महाधिवेशनमा रोकायाले खुला युवा कलष्टरमा उम्मेदवारी दिएका थिए। दुई पदका लागि निर्धारण गरिएको उक्त कलष्टरमा रोकायासँगै थापाको मात्र उम्मेदवारी परेकोले दुवै जना सर्वसम्मत चयन भएका हुन्।
बाजुराका रोकाया अनेरास्ववियुका निवर्तमान महासचिव हुन् भने दैलेख प्रतिनिधि थापा पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य हुन्। थापाले २०७४ सालमा प्रदेश सभा सदस्यका रूपमा पनि प्रतिनिधित्व गरिसकेका छन्।
यो कलष्टरमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलका उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए। तर ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवारी नपरेपछि सर्वसम्मतको अवस्था सिर्जना भएको थियो।





























प्रतिक्रिया