एमाले महाधिवेशनः पासाङ शेर्पाको उम्मेदवारी खारेज

एमाले महाधिवेशनः पासाङ शेर्पाको उम्मेदवारी खारेज

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।

बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका शेर्पाको उम्मेदवारी खारेज भएको हो । उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो। उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो।

कैदवापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर छुटेका शेर्पाको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको हो ।

Logo