कांग्रेस बैठक आजदेखि पुन: सुरु

कांग्रेस बैठक आजदेखि पुन: सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि फेरि सुरु हुने भएको छ ।

चुनावी समीक्षाका लागि बसेको बैठक केही समय स्थगित भएर पुन: सुरु हुन् लागेको हो । बैठक आज ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ।

गत चैत ९ देखि जारी बैठक १६ गतेपछि स्थगित भएको थियो । कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएपछि १८ गतेको लागि तोकिएको नियमित बैठक नबसी आकस्मिक बैठक बसेर शोक प्रस्ताव पारित गरेको थियो । बैठकमा अहिलेसम्म ४३ जनाले आफ्नो धारणा राखिसकेका छन् ।

Logo