रवि र छवि सहकारी ठगी मुद्दाको आज पेसी

रवि र छवि सहकारी ठगी मुद्दाको आज पेसी

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीमाथि सहकारी ठगी र सङ्गठित अपराधको आरोपमा मुद्दा दायर छ। आज उनीहरूको पेसी उच्च अदालत बुटवलमा तोकिएको छ।

लामिछानेले बिगो रकम दाखिल गरिसक्दा पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। यस आदेशविरुद्ध उनले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

यसअघि पनि रवि पक्षका कानुनी व्यवसायीहरूले दुई पटक निवेदन पेश गरी बहस रोकेको थियो। उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार, मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो।

Logo