प्रदेश सरकारमाथि नागरिकको ठूलो अपेक्षा छ: मुख्यमन्त्री पाण्डे

प्रदेश सरकारमाथि नागरिकको ठूलो अपेक्षा छ: मुख्यमन्त्री पाण्डे

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचना नयाँ भएकाले जनअपेक्षा अत्यधिक रहेको बताएका छन् । संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे बोल्दै उनले प्रदेश सरकारमाथि नागरिकको ठूलो अपेक्षा रहेको उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले संघीयता ल्याउँदा सिंहदरबार गाउँ–गाउँमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको स्मरण गर्दै भने, ‘सिंहदरबार पु¥याउने भनिए पनि सेवा कति पु¥याउन सक्यौँ र कति पु-याउन सकेनौँ भन्ने प्रश्न आज उठिरहेको छ ।’

उनका अनुसार गाउँका नागरिकले संघीय सरकारका प्रधानमन्त्री वा अर्थमन्त्रीसम्म सहज रूपमा कुरा राख्न नसके पनि प्रदेश सरकारका मन्त्रीहरूसमक्ष आफ्ना समस्या र गुनासा सजिलै राख्ने गरेका छन् । यसले प्रदेश सरकारप्रतिको अपेक्षा झनै बढाएको उनको भनाइ थियो ।

‘जुन कुरा यहाँको प्रधानमन्त्री, अर्थमन्त्रीलाई भन्न सक्दैन गाउँको मान्छेले त्यो कुरा सहजरुपमा प्रदेशका मन्त्रीहरुलाई गएर भन्छ । उनीहरुको अपेक्षा असाध्यै ठूलो छ । तर त्यो अनुसारको डेलिभरी दिनको लागि आउने वित्तिय, प्रशासनिक, कानूनी अप्ठ्याराहरुको बारेमा जनताले बुझेका पनि छैनन् र हामीले बुझाउन सकेका पनि छैनौं,’ उनले भने ।

Logo