राज्यले थारुहरुलाई नेपाली ठानेन, म नेपाली हुनै सकिनँ -रेशम चौधरी

राज्यले थारुहरुलाई नेपाली ठानेन, म नेपाली हुनै सकिनँ -रेशम चौधरी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने बताएका छन् । सरकारकै कारण आफू नेपाली हुन पनि नसकेको गुनासो गरे ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सदियौँदेखि एउटै वर्ग र समूहले हालीमुहाली गरेको साथै थारुहरुलाई नेपाली हुनै नदिएको उनको गुनासो छ । टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी भएको एवम पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका नेताहरु राम्रोसँग जानकार रहेपनि आफुहरुलाई नेपाली हुनबाट बन्चित गरेको उनको भनाइ थियो ।

जेनजी आन्दोलनको मर्म र महत्त्व बुझ्दै फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने उनको धारणा छ ।

थारुहरु राज्यको कार्यकारी भूमिकामा पुग्न नसक्नुको कारण राज्यको सोच गलत भएको उनले बताए । देशमा ठूला आन्दोलन भए पनि नागरिकले न्याय नपाएको भन्दै उनले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने दाबी गरे ।

त्यस्तै, कार्यक्रममा जेनजी २.० समुहका संरक्षक डा.हरि कार्कीले आफूहरु नागरिक उन्मुक्ति पार्टीमा आवद्ध हुन पहिले देखि नै आतुर रहेको बताए । आजै जेनजी २.० समुह नागरिक उन्मुक्ति पार्टी नेपालमा समावेश भएको छ । पार्टीका अध्यक्ष चौधरी र समुहका संरक्षक डा.हरि कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Logo