काठमाडौँ। गत भदौ २४ मा सर्वोच्च अदालतमा भएको आगजनीबाट जलेका २० हजार ३४ मुद्दामध्ये हालसम्म ८ हजार मिसिल पुनः प्राप्त भई प्रमाणीकरण गरिएको छ । जलेका चालु मुद्दामध्ये ४ हजार २०० मिसिल भने सुरक्षित रहेको सर्वोच्च प्रशासनले जनाएको छ।
प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दैनिक करिब ४ सय मिसिल सरोकारवालाबाट प्राप्त भइरहेका छन्। प्राप्त मिसिलमध्ये ८० मुद्दामा पेसी चढेर सुनुवाइसमेत भइसकेको छ। सरकारवादी मुद्दाका ७२५ मिसिल महान्यायाधिवक्ता कार्यालयमार्फत बुझाइएको छ ।
सर्वोच्चले विशेष निर्देशिकाअनुसार मिसिल संकलन, प्रमाणीकरण र वर्गीकरण गर्दै काम अघि बढाएको जनाएको छ।





























प्रतिक्रिया