पूर्वराष्ट्रपति भण्डारीद्वारा डा आचार्यको स्वास्थ्यलाभका कामना

पूर्वराष्ट्रपति भण्डारीद्वारा डा आचार्यको स्वास्थ्यलाभका कामना

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

आज पुरानो बानेश्वरस्थित उनको निवासमा पुगेर डा आचार्यका परिवारजनसँग भेट गरी अस्वास्थ्य रहेकी डा आचार्यको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् । डा आचार्यले पूर्वराष्ट्रपति भण्डारी तत्कालीन समयमा राष्ट्रपति रहेकाे बेला विज्ञ सल्लाहकारका रूपमा महत्वपूर्ण योगदान दिएकी थिइन् ।

Skip This
Skip This
Logo