काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ ।
आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ ।
यो सहमतिसँगै सामाजिक सञ्जालमार्फत बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो शेयर गर्दै शुभप्रभात सहित रास्वपाको चुनाव चिन्ह घण्टी अंकति स्टायाटस लेखेका छन् ।





























प्रतिक्रिया