रवि–बालेन सम्झौताका ऐतिहासिक साक्षीः जेनजी युवा देखि कलाकारसम्म

रवि–बालेन सम्झौताका ऐतिहासिक साक्षीः जेनजी युवा देखि कलाकारसम्म

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। लामो प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौँका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार भविष्यको प्रधानमन्त्री बालेन शाह, पार्टी सभापति रवि लामिछाने रहने सहमति भएको छ ।

आज बिहान करिब चार बजेतिर भएको सहमति पत्रमा हस्ताक्षरको ऐतिहासिक क्षणमा उपस्थित साक्षीहरूमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह, कुमार बेन, सुदिप ढकाल सहभागी भए ।
यस्तै जेनजी युवा अगुवा केपी खनाल र कलाकार निश्चल बस्नेत समेत यस ऐतिहासिक क्षणका प्रत्यक्ष साक्षी बने।

विश्लेषकका अनुसार, यो सम्झौता वैकल्पिक शक्तिहरूबीचको सत्ताको पुनर्सन्तुलन र नेतृत्व स्पष्टताको संकेत हो। हस्ताक्षर समारोहमा उपस्थित राजनीतिक, युवा र सांस्कृतिक प्रतिनिधिहरूको सहभागिताले सम्झौतामा जनवर्गीय र विविध समर्थन सुनिश्चित गरेको देखिन्छ ।

यो सम्झौता आगामी चुनावी रणनीति र वैकल्पिक शक्तिहरूको आन्तरिक संतुलनमा निर्णायक मोडको रूपमा देखिएको छ ।

Skip This
Skip This
Logo