काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिचको बढ्दो सामीप्यतालाई सकारात्मक रूपमा टिप्पणी गरेका छन् ।
उनले दुई युवा शक्तिबिचको यो मिलनले देशका अन्य राजनीतिक शक्तिहरूलाई पनि महत्वपूर्ण सन्देश दिएको उल्लेख गरे ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता भण्डारीले अब पुराना र नयाँ सबै शक्तिले जिम्मेवारी लिन र दिन सिक्नुपर्नेमा जोड दिएका हुन् । उनले भनेका छन्, “रवि जी र बालेन जीको मिलनले यो सन्देश दिन्छ—अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ।”
भण्डारीले राजनीतिमा देखिएका हरेक घटनाक्रमले सिक्न चाहनेका लागि पाठ दिने बताउँदै अहिलेको सहकार्यलाई एक ‘असल विद्यार्थी’ ले सिक्ने शिक्षाका रूपमा तुलना गरेका छन् ।































प्रतिक्रिया