काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको सम्भावित राजनीतिक सहकार्यलाई ‘भ्रमको खेती’ भन्दै कडा आलोचना गरेका छन् ।
पछिल्लो समय वैकल्पिक शक्तिका रूपमा उदाएका दुई पात्रबीच मोर्चाबन्दीको चर्चा चलिरहँदा नेता बस्नेतले यसलाई सत्ता व्यवस्थामाथिको प्रहार र अराजकताको संज्ञा दिएका हुन् । नेता बस्नेतले नेपाली राजनीतिमा नयाँ अनुहारलाई आशाको रूपमा बेच्ने परम्परा रहेको बताउँदै गगन थापा र रवि लामिछाने जस्ता पात्रहरू छोटो समयमै ‘बासी’ भइसकेको टिप्पणी गरे ।
‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्त बासी बनाइए। काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।’ उनले भनेका छन् ।
रास्वपासँग जोडिएपछि बालेन शाहको स्वतन्त्र छवि र आकर्षण तीव्र गतिमा घट्ने बस्नेतको विश्लेषण छ। उनले रास्वपाको राजनीतिलाई “पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने” रणनीतिका रूपमा व्याख्या गर्दै स्पष्ट भिजन बिनाको यस्तो अभियानले जनतासँगको दूरी झन् बढाउने बताएका छन् ।































प्रतिक्रिया