देशको भविष्य संकटमा छ, निर्वाचनको विकल्प छैन : प्रचण्ड

देशको भविष्य संकटमा छ, निर्वाचनको विकल्प छैन : प्रचण्ड

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनपछिको राजनीतिक अस्थिरताबाट देशलाई निकास दिने एकमात्र उपाय निर्वाचन भएको स्पष्ट पारेका छन्। बानेश्वर क्याम्पसमा आयोजित स्ववियु सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “निर्वाचन बाहेकको कुनै विकल्प खोज्ने हो भने देश फेरी अर्को दुर्घटनामा फस्छ । अब ढिलो गर्न सकिँदैन। सबै दलले निर्वाचनमै भाग लिनैपर्छ।”

उनले निर्वाचनमार्फत देशमा स्थिरता र विकासको नयाँ प्रक्रिया सुरु गर्न सकिने विश्वास व्यक्त गरे। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको समानुपातिक बन्दसूची बुझाउने तयारीले आफूलाई उत्साहित बनाएको उनले बताए ।

साथै प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत सेवाहरू राज्यको दायित्वभित्र पर्नुपर्छ र अन्ततः निःशुल्क हुनुपर्छ भन्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आउँदो दिनमा त्यसका लागि निरन्तर प्रयास गर्ने जिकिर गरे ।

प्रचण्डले नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएर देशविकासमा हातेमालो गर्दै अगाडी बढ्न सवैलाई आग्रह गरे । जेन जीहरुको अभिभावक बनेर उनीहरुले चाहेजस्तै देशमा परिवर्तन गर्न नेपाली कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको समेत बताए ।

बानेश्वर क्याम्पसको भौतिक प्रगती सँगै यहाँ अध्ययन गर्ने विधार्थीहरु लाई ३० प्रतिशत छात्रावृत्ती आँफु र आफ्नो पार्टीको तर्फबाट प्रदान गर्ने बताए । निर्वाचन मुखैमा आएकोमा खुशी व्यक्त गर्दै प्रचण्डले निर्वाचनको विकल्प नभएको बताए । नेकपानै निर्वाचन आह्वान गर्ने पहिलो पार्टी भएको भन्दै निर्वाचन मार्फतनै देशलाई राजनीतिक स्थायित्व र विकासको नयाँ प्रक्रियामा लैजान सकिनेमा जोड दिए ।

Skip This
Skip This
Logo